मेयरका उम्मेदवार जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे एमाले महासचिव
नेकपा एमालेका महासचिव शंकर पोखरेल स्थानीय तह निर्वाचनको दिन काँग्रेस कार्यकर्ताको आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् निर्वाचनको क्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा मेयरका उम्मेदवार जोशीमाथि आक्रमण भएको थियो ।
चुनावको दिन आक्रमणमा परी घाइते भएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा गरेको बिद्रोहपछि एमालेसँग तालेल गरी सूर्य चिन्ह लिएर दीपकराज मेयरको उम्मेदवार बनेका थिए ।
अस्पतालमा महासचिव पोखरेलसँगै उपमहासचिव बिष्णु रिमाल, स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, पोलिटब्युरो सदस्य पार्वत गुरुङ थिए । अस्पताल पुगेर महासचिव पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै यस्ता घटनाबाट निरास नहुन र दृढताका साथ जनताको बीचमा गएर सामना गर्दै परास्त गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन