आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाण्डको पालिकामा विप्लव समूह शून्य : अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १९ : ४९
मङ्गलबार, ०३ जेठ २०७९

नेत्रविक्रम चन्द‘विप्लव’ समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’ बस्ने नरहरीनाथ गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएका छन्। काँग्रेस र माओवादी केन्द्रबाट अध्यक्षका संयूक्त उम्मेदवार दिएका काँग्रेसका नगेन्द्रबहादुर विष्टले २६३६ मत ल्याएर विजयी भएका छन्। गठबन्धनबाटै उपाध्यक्षमा माओवादीका कमलकुमार शाहले २९१७ मत ल्याएर विजयी भएका छन्। 

विश्वकर्माले अध्यक्षमा एटम विसीलाई उम्मेदवार उठाएका थिए। उनले अध्यक्षमा जम्मा १००९ मत मात्रै पाएका छन्। यस्तै उपाध्यक्षमा कासीपुरा शाहीले ८४४ मत मात्रै ल्याएकी छिन्। कालिकोटमा अरु सबै दलहरु एकातिर भएपनि आफू जित्ने प्रकाण्डको दाबी थियो। तर उनी आफ्नै पालिकामा निर्वाचन जिताउन असफल भएका छन्। 

विश्वकर्माको पालिकामा विप्लव समूहको एमालेभन्दा पनि भन्दा कम मत आएको छ । नरहरीनाथका ९ वटै वडामा विप्लव समूहले उम्मेदवारी दिएपनि सबैमा पराजित भएको छ। प्रकाण्ड आफै चुनावी प्रचार प्रसारमा सक्रिय भई लागेपनि पालिकादेखि वडासम्म शून्य भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप