शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रामेछाप नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेस विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १९ : ४१
मङ्गलबार, ०३ जेठ २०७९

रामेछापको रामेछाप नगरपालिकाको मेयर  र उपमेयर नेपाली काँग्रेसले जितेको छ । मेयरमा नेपाली काँग्रेसका उम्मेदवार लबश्री न्यौपाने र उप–मेयरमा बाला कार्की निर्वाचित भएका हुन् । रामेछाप काँग्रेसको पूर्व सभापति समेत रहेका न्यौपानेले नेकपा एमालेका रोश पाख्रिनलाई पराजित गरे । न्यौपानेले ६ हजार ६३९ मत हाँसिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी पाख्रिनले ५ हजार ९८६ मत ल्याए । 

उपमेयरमा निर्वाचित बाला कार्कीले ६ हजार ६४० मत ल्याएकी छन् । मेयरका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेशबावु श्रेष्ठ २ हजार ५९८ मतमा सिमित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप