शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तानसेनमा एमालेलाई धक्का : मेयरमा काँग्रेस र उपमेयरमा माओवादी विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १९ : ३३
मङ्गलबार, ०३ जेठ २०७९

पाल्पा । पाल्पाको तानसेन नगरपालिकाको प्रमुखमा काँग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ विजयी भएका छन् । नगरको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी प्रतिक्षा सिंजाली विजयी भइन् । श्रेष्ठले ११ हजार २ सय ७३ मत ल्याएर विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार धनेन्द्रराज घिमिरेले १० हजार ३ सय ९४ मतमात्र ल्याएका छन् ।

उपप्रमुखमा सिंजालीले ११ हजार १ सय ५१ मत ल्याएर विजयी बन्दा एमाले उम्मेदवार शशी श्रेष्ठले १० हजार ३ सय ७२ मत मात्र ल्याइन् । १४ वडा रहेको नगरपालिकामा १० वडामा काँग्रेसले वडाध्यक्षसहित सबै सदस्य जितेको छ भने ४ वडामा एमालेले वडाध्यक्षसहित सबै सदस्य जितेको छ । गत २०७४ सालको निर्वाचनमा तानसेनमा एमालेले ८ वडाध्यक्षसहित प्रमुख र उपप्रमुख जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप