शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जाजरकोटको भेरी नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा काँग्रेस विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १९ : २९
मङ्गलबार, ०३ जेठ २०७९

जाजरकोटको भेरी नगरपालिका प्रमुखमा एमालेका चन्द्रप्रकाश घर्ती विजयी भएका छन् । घर्ती सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा–माओवादी केन्द्रका गगनबहादुर खड्कालाई हराउँदै ४ हजार ८ सय ४२ मत ल्याएर विजयी भएका हुन् । निकटतम् प्रतिद्वन्द्वी माओवादीका गगनबहादुर खड्काले ३ हजार ९ सय ६३ मत प्राप्त गरेका छन् ।

यो नगरमा एकीकृत समाजवादीका कमानबहादुर खड्काले ३ हजार ५ सय ५९ मत ल्याएर तेस्रो स्थान बनाएका छन्  । उपप्रमुखमा गठबन्धनकी साझा उम्मेदवार काँग्रेसकी सीता जैसी निर्वाचित भइन् । जैसीले ५ हजार ९ सय ८५ मत प्राप्त गरेर विजयी बन्दा प्रतिस्पर्धी एमालेकी सावित्री चन्दले ५ हजार १ सय ७२ मत प्राप्त गरिन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप