बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा आयो ७५ पालिकाको नतिजा : काँग्रेसले ३८ जित्दा एमाले र माओवादीले कति जिते ?

मङ्गलबार, ०३ जेठ २०७९, १९ : २३
मङ्गलबार, ०३ जेठ २०७९

प्रदेश १ मा ७५ स्थानीय तहको परिणाम घोषणा भएको छ । जसअनुसार आधाभन्दा बढीमा काँग्रेसले जितेको छ । घोषित ७५ पालिकाको परिणाम अनुसार काँग्रेसले ३८ पालिकामा जित हासिल गरेको छ । एमालेले भने प्रदेश १ मा २१ मा जितेको छ ।

माओवादी केन्द्रले १२, नेकपा (एकीकृत समाजवादी)को १, जसपाले १ र स्वतन्त्रले २ पालिका जितेका छन् । प्रदेश १ का १३७ स्थानीय तह छन् । अन्य पालिकाको नतिजा आउने क्रम जारी छ । २०७४ सालमा काँग्रेसले प्रदेश १ मा ५४ स्थानीय तहमा जीत हासिल गरेको थियो भने नेकपा एमालेले ६९, माओवादीले ९, जसपाले २, राप्रपाले ३ पालिकामा जित निकालेको थियो ।

यस्तै काँग्रेसले हाल पालिकाको उपप्रमुखमा पनि उल्लेख्य वृद्धि गर्ने देखिएको छ । हालसम्म काँग्रेसले २५, एमालेले २५, माओवादीले १८, जसपाले २ र नेकपा (एकीकृत समाजवादी)ले ५ स्थानमा उपप्रमुख÷उपाध्यक्ष जितेको छ ।

कहाँ कसले जिते ?पूर्ण विवरण
भोजपुर

१) राप्रसाद राई गाउँपालिका​

अध्यक्ष : थामबहादुर राई (माओवादी)

उपाध्यक्ष : वीरेन्द्र राई (काँग्रेस)

२) अरूण गाउँपालिका

अध्यक्ष : शालिकराम खत्री (काँग्रेस)

उपाध्यक्ष : बिनिता ढकाल (काँग्रेस)

३) साल्पासिलिछो गाउँपालिका

अध्यक्ष :  दौलथकुमार कुलुङ राई (स्वतन्त्र)

उपाध्यक्ष : अस्मिता कुलुङ राई(काँग्रेस)

४) आमचोक गाउँपालिका

अध्यक्ष : अशोक राई (माओवादी)

उपाध्यक्ष : सीता राई (माओवादी)

५) हतुवागढी गाउँपालिका

अध्यक्ष : प्रेमकुमार राई (एमाले)

उपाध्यक्ष : सुनिता राई (माओवादी)

६) पौवादुङ्मा गाउँपालिका

अध्यक्ष : किरण राई (एमाले)

उपाध्यक्ष : ज्योत्सना राई (एमाले)

७) षडानन्द नगरपालिका

प्रमुख : सुरेन्द्रकुमार उदास (एमाले)

उपप्रमुख : प्रमिला राई (माओवादी)

८) भोजपुर नगरपालिका

प्रमुख :  कैलाशकुमार आले (काँग्रेस)

उपप्रमुख : निर्मला शेर्पा (एमाले)

९) टेम्केमैयुङ गाउँपालिका

अध्यक्ष : सरोज बस्नेत (काँग्रेस)

उपाध्यक्ष : रमादेवी राई (एमाले)

सोलुखुम्बु

१०) माप्य दूधकोशी गाउँपालिका

अध्यक्ष : बुद्धिकिरण राई (एमाले)

उपाध्यक्ष : गौरव राई (माओवादी)

११) महाकुलुङ गाउँपालिका

अध्यक्ष : सूर्यबहादुर राई (काँग्रेस)

उपाध्यक्ष : विपना कुलुङ(काँग्रेस)

१२) सोताङ गाउँपालिका

अध्यक्ष : खिलराज बस्नेत (काँग्रेस)

उपाध्यक्ष : अञ्जु नाछिरिङ राई (काँग्रेस)

१३) थुलुङ दूधकोशी गाउँपालिका

अध्यक्ष : असिम राई (माओवादी)

उपाध्यक्ष : सविता राई (माओवादी)

१४) लिखुपिके गाउँपालिका

अध्यक्ष : मिनादेवी कार्की (काँग्रेस)

उपाध्यक्ष : डावाङ लाक्पा शेर्पा (काँग्रेस)

१५) खुम्वु पासाङल्हामु गाउँपालिका

अध्यक्ष : मिङ्मा छिरी शेर्पा (एमाले)

उपाध्यक्ष : टासी ल्हामु शेर्पा (एमाले)

१६) नेचा सल्यान गाउँपालिका

अध्यक्ष : धनजन राई (काँग्रेस)

उपाध्यक्ष : बिना राई (काँग्रेस)

तेह्रथुम

१७) म्याङलुङ नगरपालिका

मेयरः सञ्जयकुमार तुम्बाहाङफे (एमाले)

उपमेयरः जमुनादेवी सुवेदी (एमाले)

१८) फेदाप गाउँपालिका

अध्यक्ष : केशवप्रसाद भेटवाल (काँग्रेस)

उपाध्यक्ष : सुनिता पाहिम (माओवादी)

१९) आठराई गाउँपालिका

अध्यक्ष : दिलकुमार पाहिम (काँग्रेस)

उपाध्यक्ष : बलिराज इङ्नाम (माओवादी)

२०) छथर गाउँपालिका

अध्यक्ष : सन्तवीर लिम्बु (एमाले)​

उपाध्यक्ष : टेकराज लिम्बु (एमाले)

२१)मेन्छ्यायेम गाउँपालिका

अध्यक्ष : यादवबहादुर खापुङ (एमाले)

उपाध्यक्ष : गितादेवी तिम्सिना (काँग्रेस)

२२) लालीगुराँस नगरपालिका

मेयरः अर्जुन माबोहाङ (काँग्रेस)

उपमेयरः जमुना मगर कार्की(काँग्रेस)

खोटाङ

२३) ऐसेलुखर्क गाउँपालिका

अध्यक्ष : गिरेन्द्रबहादुर राई (एमाले)

उपाध्यक्ष : राजेशकुमार भण्डारी (काँग्रेस)

२४) केपिलासगढी गाउँपालिका

अध्यक्ष : समिर राई (काँग्रेस)

उपाध्यक्ष : गुरुराज राई (जसपा)

२५ ) बराहापोखरी गाउँपालिका

अध्यक्ष ः शालिकराम बन्जरा (काँग्रेस)

उपाध्यक्ष : भुवलराज राई (एकीकृत समाजवादी)

२६) जन्तेढुङ्गा गाउँपालिका

अध्यक्ष : अरूणादेवी राई (माओवादी)

उपाध्यक्ष : खेमबहादुर खड्का (काँग्रेस)

२७) साकेला गाउँपालिका

अध्यक्ष : रविप्रकाश राई (काँग्रेस)

उपाध्यक्ष : बिर्सिका राई (माओवादी)

२८) रावावेशी गाउँपालिका

अध्यक्ष : फटिककुमार श्रेष्ठ (काँग्रेस)

उपाध्यक्ष : कौशिलाकुमारी गुरुङ (एमाले)

२९) खोटेहाङ गाउँपालिका

अध्यक्ष : उदिनबहादुर राई (माओवादी)

उपाध्यक्ष रुपेश राई (काँग्रेस)

३०) दिप्रुङ चुईचुम्मा गाउँपालिका

अध्यक्ष : लोकेन्द्र राई (एमाले)

उपाध्यक्ष : अरुणा थापा (एमाले)

धनकुटा

३१) चौबिसे गाउँपालिका

अध्यक्ष : राजकुमार लिम्बू (एमाले)

उपाध्यक्ष : टंकमाया पाङमी (एमाले)

३२) सागुरीगढी गाउँपालिका

अध्यक्ष : जितेन्द्र राई (काँग्रेस)

उपाध्यक्ष : मुना राई (एमाले)

३३) छथर जोरपाटी

अध्यक्ष : छत्रबहादुर लिम्बु (काँग्रेस)

उपाध्यक्ष : गीता गुरुङ (माओवादी)

३४) पाख्रिबास नगरपालिका

मेयरः ज्ञानबहादुर गुरुङ (काँग्रेस)

उपमेयरः नम्रता गौतम (एमाले)

३५) धनकुटा नगरपालिका

मेयरः चिन्तन तामाङ(एमाले)

उपमेयरः भीमादेवी खनाल (एमाले)

३६) महालक्ष्मी नगरपालिका

मेयरः ध्रसवराज राया (काँग्रेस)

उपमेयरः मन्जुकुमारी कार्की (एमाले)

उदयपुर

३७) लिम्चुङबुङ गाउँपालिका

अध्यक्ष : मेजरकुमार राई (माओवादी)

उपाध्यक्ष : पुष्पलाल राई (काँग्रेस)

३८) ताप्ली गाउँपालिका

अध्यक्ष : ढुंगराज विश्वकर्मा (माओवादी)

उपाध्यक्ष : धनमाया मगर (काँग्रेस)

३९) उदयपुरगढी गाउँपालिका

अध्यक्ष : मानबहादुर क्याप्छाकी मगर (एकीकृत समाजवादी)

उपाध्यक्ष : जीतबहादुर खड्का (काँग्रेस)

४०) रौतामाई गाउँपालिका

अध्यक्ष :  विरेन्द्रकुमार मगर(माओवादी)

उपाध्यक्ष : भूपिन्द्रबहादुर थापा (काँग्रेस)

ताप्लेजुङ

४१)मेरिङदेन गाउँपालिका

अध्यक्ष : युक हाङविर हाङ्गाम (काँग्रेस)

उपाध्यक्ष : दुर्गाप्रसाद चोङबाङ (एकीकृत समाजवादी)

४२) फक्ताङलुङ गाउँपालिका

अध्यक्ष : राजन लिम्बू(माओवादी)

उपाध्यक्ष : रबिन साम्रा लिम्बू (काँग्रेस)

४३) मैवाखोला गाउँपालिका

अध्यक्ष : विजयप्रकाश वनेम(माओवादी)

उपाध्यक्ष : कमलकुमारी लिम्बू (काँग्रेस)

४४) मिक्वाखोला गाउँपालिका

अध्यक्ष : भक्तबहादुर कार्की (काँग्रेस)

उपाध्यक्ष : डण्डु शेर्पा (माओवादी)

४५) सिदिङ्वा गाउँपालिका

अध्यक्ष : मानबहादुर राई (एमाले)

उपाध्यक्ष : कृष्णकुमारी कडरिया (माओवादी)

४६) फुङलिङ नगरपालिका

मेयरः अमिर मादेन (काँग्रेस)

उपमेयरः भीमादेवी ओझा (एमाले)

४७) आठराई त्रिवेणी गाउँपालिका

अध्यक्ष : दिपेन्द्र पोमु (एमाले)

उपाध्यक्ष : शान्ताकुमारी आङबुहाङ (एमाले)

४८) सिरिजंघा गाउँपालिका

अध्यक्ष : लालकृष्ण चौहान (काँग्रेस)

उपाध्यक्ष : चित्रकुमार लिम्बू (माओवादी)

४९) पाथिभरा याङवरक गाउँपालिका

अध्यक्ष : केशरकुमार सुब्बा (एमाले)

उपाध्यक्ष : रनमाया गुरुङ (एमाले)

ओखलढुंगा

५०) चिसंखुगढी गाउँपालिका

अध्यक्ष : निशान्त शर्मा (माओवादी)

उपाध्यक्ष : सन्तोषबाबु थापा (काँग्रेस)

५१)मानेभञ्ज्याङ गाउँपालिका

अध्यक्ष : ज्ञानेन्द्र रुम्दाली (स्वतन्त्र)

उपाध्यक्ष : आश्रचन राई (काँग्रेस)

५२) चम्पादेवी गाउँपालिका

अध्यक्ष : नवराज केसी(काँग्रेस)

उपाध्यक्ष : दिलमाया मगर (एमाले)

५३) मोलुङ गाउँपालिका

अध्यक्ष : उत्तम राई (एमाले)

उपाध्यक्ष : उर्मिला खतिवडा (एमाले)

५४) खिजिदेम्बा गाउँपालिका

अध्यक्ष : गम्बु शेर्पा (जसपा)

उपाध्यक्ष : सुशिला तामाङ (काँग्रेस)

५५) सिद्धिचरण नगरपालिका

मेयरः तेजन खनाल (काँग्रेस)

उपमेयरः केदारबाबु बस्नेत (एमाले)

संखुवासभा

५६) खाँदवारी नगरपालिका

मेयरः महेश थपलिया (काँग्रेस)

उपमेयरः महेश्वरा श्रेष्ठ (एमाले)

५७) सभापोखरी गाउँपालिका

अध्यक्ष : भीमबहादुर लिम्बू (काँग्रेस)

उपाध्यक्ष : लक्ष्मी चापागाईं (एकीकृत समाजवादी)

५८) सिलिचोङ गाउँपालिका

अध्यक्ष : भूपाल राई (काँग्रेस)

उपाध्यक्ष : देविता राई (काँग्रेस)

५९)मकालु गाउँपालिका

अध्यक्ष : वाङ्दिछिरिङ शेर्पा (काँग्रेस)

उपाध्यक्ष : मनकला राई(माओवादी)

६०)धर्मदेवी नगरपालिका

मेयरः उदयचन्द्र पौडेल (एमाले)

उपमेयरः तारा महत (काँग्रेस)

६१) मादी नगरपालिका

मेयरः जीवन लिङ्थेप (एमाले)

उपमेयरः सुनितादेवी भट्टराई (एमाले)

६२) पाँचखपन नगरपालिका

मेयरः विपिन राई (काँग्रेस)

उपमेयरः सुमुना श्रेष्ठ (एकीकृत समाजवादी)

६३) भोटखोला गाउँपालिका

अध्यक्ष : वाङ्छेदर लामा (एमाले)

उपाध्यक्ष : सहाना लामा (एमाले)

६४) चिचिला गाउँपालिका

अध्यक्ष : पासाङ नोर्बु शेर्पा (काँग्रेस)

उपाध्यक्ष : मनकला राई (काँग्रेस)

६५) चैनपुर नगरपालिका

मेयरः कृष्णकुमार तामाङ (एमाले)

उपमेयरः एलिना श्रेष्ठ (एमाले)

इलाम

६६) माङसेबुङ गाउँपालिका

अध्यक्ष : हेमन्त राई (एमाले)

उपाध्यक्ष : विनोदकुमार नेम्बाङ (जसपा)

६७) सन्दकपुर गाउँपालिका

अध्यक्ष : तुलाराम गु्रुङ(काँग्रेस)

उपाध्यक्ष : हरिबहादुर लुंगेली (एकीकृत समाजवादी)

६८) चुलाचुली गाउँपालिका

अध्यक्ष : राजेन्द्र केरुङ (काँग्रेस)

उपाध्यक्ष : दिलकुमारी लिम्बू (एमाले)

पाँचथर

६९) कुम्मायक गाउँपालिका

अध्यक्ष : बमप्रसाद लावती (काँग्रेस)

उपाध्यक्ष : महेन्द्रबहादुर खड्का (माओवादी)

७०) फालेलुङ गाउँपालिका

अध्यक्ष : वीरबिक्रम थाम्सुहाङ (काँग्रेस)

उपाध्यक्ष : महेन्द्रहाङ जबेगु (माओवादी)

७१) हिलिहाङ गाउँपालिका

अध्यक्ष : समरबहादुर अधिकारी (काँग्रेस)

उपाध्यक्ष : सुमित्रा उप्रेती सेढाइँ(एमाले)

७२) फाल्गुनन्द गाउँपालिका

अध्यक्ष : वृजहाङ आङदेम्बे (काँग्रेस)

उपाध्यक्ष : ठाकुरसिंह नेम्वाङ (माओवादी)

७३) मिक्लाजुङ गाउँपालिका

अध्यक्ष : अमरराज माखिम (माओवादी)

उपाध्यक्ष : सन्तकुमार शेर्मा (काँग्रेस)

७४) तुम्बेवा गाउँपालिका

अध्यक्ष : बाबुराम खड्का (काँग्रेस)

उपाध्यक्ष : खड्गसुन्दर सम्बाहाम्फे (माओवादी)

मोरङ

७५) मिक्लाजुङ गाउँपालिका​

अध्यक्ष : बबिकुमार राई (काँग्रेस)

उपाध्यक्ष : दिनेश पौडेल (माओवादी)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप