शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हचुवामा विजयी घोषणा नगर्न काउन्सिलको ध्यानाकर्षण

मङ्गलबार, ०३ जेठ २०७९, १९ : ०८
मङ्गलबार, ०३ जेठ २०७९

प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्ध पत्रकार र सञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ । 

विभिन्न स्थानमा मतगणना चलिरहेको र त्यसको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने देखिएको अवस्थामा केही सञ्चार माध्यमले आफैँ विजय घोषणा गरेर समाचार सम्प्रेषण गरेको पाइएको हुँदा निर्वाचन आयोगबाट सत्य–तथ्य र आधिकारिक जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न प्रेस विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको हो । 

यस्तै निर्वाचन सम्पन्न गराउन पत्रकारजगतले आफ्नो तर्फबाट निभाएको भूमिकाको प्रशंसा गर्दै काउन्सिलले सम्बद्ध पत्रकार, सञ्चार माध्यमलाई धन्यवाद दिएको वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

साथै समयमा नै तथ्याङ्क अद्यावधिक (अपडेट) नहुँदा सञ्चार माध्यमबाट ‘अडियन्स’ मा गलत, अपुष्ट सन्देश जाने भएकाले यसतर्फ ध्यान दिँदै तथ्याङ्क अद्यावधिक गरी पत्रकार र सञ्चार माध्यमलाई समयमा नै प्रदान गर्न काउन्सिलले निर्वाचन आयोग नेपाललाई आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप