शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भरतपुरमा मतान्तर बढाउँदै रेनु, २१०६९ गन्दा कसको मत कति ?

मङ्गलबार, ०३ जेठ २०७९, १९ : ००
मङ्गलबार, ०३ जेठ २०७९

भरतपुर महानगरको मेयरका प्रत्यासी माओवादी केन्द्रकी रेनु दाहालले अर्का प्रत्यासी विजय सुवेदीसँगको मतान्तर बढाउदै लगेकी छन् ।  महानगरपालिकाको पछिल्लो नतिजा अनुसार २१ हजार ६९ मत गणना गर्दा दाहालले ७ हजार १५६ मत ल्याएकी छन् ।

प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ६ हजार ८७४ मतले पछ्याइरहेका छन् । दाहाल र सुवेदीको मतान्तर २८२ पुगेको छ । त्यस्तै स्वतन्त्र  उम्मेदवार जगन्नाथ पौडेलले  ३ हजार ४७५ मत ल्याएका छन् । उपमेयरतर्फ गठबन्धनका दल काँग्रेसका चित्रसेन अधिकारीले ८ हजार ६७८ मत ल्याएका छन् । एमालेकी हिमला गुरुङले ५ हजार ६७२ मतले पछ्याउदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप