सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्षमा माओवादी र उपाध्यक्षमा काँग्रेस विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १८ : ४८
मङ्गलबार, ०३ जेठ २०७९

गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । माओवादीका दिपक तिमिल्सिना ६ हजार ३२६ मत ल्याउदै अध्यक्षमा विजयी बन्दा प्रतिस्पर्धी काँग्रेसका होम बहादुर रानाले ४ हजार ६५५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेपाली काँग्रेसकी ललिता अधिकारी निर्वाचित भएकी छन् । अधिकारीले ४ हजार ८२१ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार जनता समाजवादी पार्टीका भीम नारायण श्रेष्ठले ४ हजार ४४ मत प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप