धनुषाको औहरीमा एमाले विजयी
नेकपा एमालेले पनि धनुषामा पालिका प्रमुखमा खाता खोल्न सफल भएको छ । औहरी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकर साह र उपाध्यक्षका उम्मेदवार पुनम कुमारी विजयी भएका हुन् ।
उमाशंकर साहले तीन हजार ३२६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार ब्रह्मदेव यादवले दुई हजार ९२३ मत ल्याएका छन् । त्यसैगरी, काँग्रेसका उपाध्यक्ष उम्मेदवार रिंकी कुमारी मण्डलले दुई हजार ७९० मत ल्याएका हुन् भने एमालेका उपाध्यक्ष उम्मेदवार पुनम कुमारी साह दुई हजार ९४९ मत ल्याएर मण्डललाई पराजित गरेकी हुन् ।
काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार यादव यसअघि सो पालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । योसँगै नेकपा एमालेले पनि पालिका प्रमुख धनुषामा खाता खोल्न सफल भएको छ । काँग्रेस धनौजी र लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका छन् भने जसपाका उम्मेदवार जनकनन्दनी गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६१ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ
-
रिहा भएपछि रवि लामिछानेले भने– न्यायालयप्रति सम्मान गर्छु, समय आएपछि बोल्छु
-
१० बजे १० समाचार : रवि रिहादेखि रास्वपा उत्साहितसम्म
-
काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने
-
काठमाडौँमा एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?