बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटमा ऊर्जा : ठूला र जलाशययुक्त आयोजनाको स्रोत सुनिश्चितता गरिने

मङ्गलबार, ०३ जेठ २०७९, १८ : ०४
मङ्गलबार, ०३ जेठ २०७९

आगामी आर्थिक वर्षको बजेटबाट ठूलो र जलाशययुक्त जलविद्युत आयोजनाको स्रोत सुनिश्चित गरिने भएको छ । अहिलेसम्म स्रोत सुनिश्चित नभएका आयोजनालाई आगामी आर्थिक वर्षको बजेटले अघि बढाउने गरी स्रोतको सुनिश्चितता गर्ने भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेटमा ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले हाल निर्माणाधिन जलविद्युत आयोजना र र प्रसारण लाइनको निर्माणको कामलाई निरन्तरता दिँदै थप आयोजनाको निर्माण अघि बढाउने बताएका हुन् ।

ठूला र जलाशययुक्त आयोजनासँगै लघु, मझौला र नवीकरणीय ऊर्जाको विकास समेत अघि बढाउने उनको योजना छ । यस्तै, नेपालका शतप्रतिशत नागरिकलाई विद्युत सेवा उपलब्ध गराउने लक्ष्य आगामी बजेटले लिने छ । यसैगरी, आगामी वर्ष ऊर्जाका लागि आवश्यक पूर्वाधार, सबस्टेसन, प्रसारण लाइनको निर्माण गर्ने विद्युत खपत बढाउने गरी बजेट विनियोजन गरिने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप