चुनावको नतिजाबारे एकीकृत समाजवादीले समीक्षा गर्ने
नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय तह निर्वाचनमा अनपेक्षित नतिजा आएपछि बैठक बसेर समीक्षा गर्ने भएको छ। पाँच दलीय सत्ता गठबन्धन बनाएर जाँदा पार्टीले राम्रो नतिजा हासिल गर्न नसकेपछि चुनाव सकिएपछि समीक्षा गर्ने भएको हो।
एकीकृत समाजवादीले मंगलबारसम्म चार स्थानीय तह जितेको छ भने १५ स्थानीय तहमा मात्रै अग्रता लिएको छ। यस्तै उपप्रमुखमा १० जितेको छ भने १४ स्थानीय तहमा अग्रता लिएको छ। तालमेलमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मत नहाल्दा राम्रो नतिजा नआएको प्रारम्भिक निष्कर्ष निकालेको छ।
‘गठबन्धन गर्दा काँग्रेस र माओवादी केन्द्रलाई फाईदा भयो। धेरै स्थानीय तहपनि जिते’ रातो पाटीसँग कुरा गर्दै एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले भने, ‘तालमेल हुँदा एकीकृत समाजवादीलाई काँग्रेस र माओवादी दुबैले मत हालेनन्। हामी बैठक बसेर समीक्षा गर्छौ।’
छोटो समयमै यति धेरै स्थानीय तह र वडा जित्नु राम्रो भएको बताउँदै चौधरीले तालमेलमा काँग्रेस र माओवादी इमान्दार नभएको बताए । ‘हामीले जुन उद्देश्यका साथ गठबन्धन गरेका थियौं, त्योअनुसार परिणाममा देखिएन। त्यसको जरुर समीक्षा गर्छौ त्यसपछि कस्तो नीति अख्तियार गर्ने त्यसैअनुसार अघि बढ्छौ’ चौधरीले भने।
पार्टी अध्यक्ष माधवकुमार नेपालले समेत स्थानीय चुनावको परिणामलाई लिएर असन्तुष्टि जनाएका छन्। काँग्रेस र माओवादीले तालमेल बमोजिम मत नदिएको भन्दै नेपालले आक्रोश पोखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनापछि बुटवल–गोरुसिङ्गे सडक विस्तार, ७ हजार १०० रुख काट्ने तयारी
-
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसार गर्दै गाउँपालिका
-
सकियो सम्झौता अवधि, सकिएन करिडोरको काम
-
धमाधम नयाँ फिल्म घोषणा, तर राम्रो छैन विगतको रेकर्ड
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल