जीतपुर सिमरामा गठबन्धनका उम्मेदवार एक हजार मतले अगाडि
बाराको जीतपुर सिमरा उपमहानगरमा जारी मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेलले एक हजार मतले अगाडी रहेका छन् । प्रमुखका उम्मेदवार पौडेलले १३ हजार ७७१ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिष्पर्धा सरस्वती चौधरीले १२ हजार ७१२ मत ल्याएकी छन् ।
पौडेलले एमालेकी चौधरीभन्दा एक हजार ५९ मत बढी ल्याएका छन् । त्यसैगरी उपप्रमुखमा गठबन्धनकी उम्मेदवार मेघा साहीलाई उछिन्दै एमालेका उम्मेदवार भोला अधिकारी ७१३ मतले अगाडि देखिएका छन् । एमालेका उम्मेदवार अधिकारीले १२ हजार ९५६ मत ल्याएका छन् भने साहीले १२ हजार २४३ मत ल्याएकी छन् ।
तेस्रो स्थानमा रहेको लोसपा प्रमुखका उम्मेदवार संजयकुमार साहले ३ हजार ८९० मत ल्याएका छन् भने उपप्रमुखमा बिपि मोक्त्तानले ३ हजार ६७२ मत ल्याएकी छिन् । २४ वटा वडा रहेको उपमहानगरमा हालसम्म १६ ओटा वडा गणना भइसकेको छ भने बाँकी ८ वटा वडामध्ये ३ वटा वडामा एकसाथ मतगणना चलिरहेको छ ।