बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उत्पादनमुखी अर्थ प्रणाली विकासको मुद्दा सरकारको मुख्य प्राथमिकतामा : अर्थमन्त्री

मङ्गलबार, ०३ जेठ २०७९, १७ : ३८
मङ्गलबार, ०३ जेठ २०७९

सरकारले आगामी आर्थिक वर्षको बजेटको मुख्य प्राथमिकता उत्पादनमुखि अर्थ प्रणालीको विकास रहेको बताएको छ । मंगलबार प्रतिनिधिसभाको दुबै सदनमा विनियोजन बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गरेका अर्थमन्त्री जनार्दन शर्माले बजेटले हालको करमुखि अर्थ प्रणालीलाई विस्थापन गर्दै उत्पादनमुखि अर्थ व्यवस्थालाई अंगिकार गर्ने बताएका हुन् ।

यस्तो प्राथमिकता कृषि क्षेत्रमा विशेष रुपमा केन्द्रित हुँदै कृषि मल बीउ विजनदेखि कृषि सामाग्रीको सहज सुविधासँगै कृषि बीमा र कृषकको सुविधामा बजेट केन्द्रित हुने उनले बताए । साथै,आन्तरिक आर्थिक क्षेत्रको विकास एवम् विस्तार गर्दै करको दायरा समेत विस्तार गरिने उनले बताए । 

बजेटले आम सर्वसाधारणको जीवन सरोकारका विषय शिक्षा, स्वास्थ्य, रोजगारीसँगै आर्थिक उन्नतीमा समेत ध्यान दिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप