आगामी वर्षको बजेट कृषि उत्पादनमा केन्द्रीत हुन्छ : अर्थमन्त्री शर्मा
सरकारले आगामी आर्थिक वर्षको बजेट कृषि उत्पादन बढाउन केन्द्रीत गर्ने भएको छ । विदेशबाट बढ्दो कृषिजन्य वस्तुको आयात न्यूनीकरण गर्न स्वदेशमै कृषि उत्पादन बढाउनतर्फ आगामी आर्थिक वर्षको बजेट केन्द्रीत गरिने भएको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा विनियोजन बजेट पेस गर्दै आगामी वर्षमा कृषि क्षेत्रलाई विषेश प्राथामिकतामा राखिने जानकारी दिए । उनले कृषि उत्पादन वृद्धि गर्न कृषि अनुसन्धान, मल, बिउ, तालिम र प्राविधि, मेसिनरी सामानमा किसानको पहुँच बढाइने जानकारी दिए ।
यस्तै, किसानलाई यी वस्तुको सहज उपलब्धता गराउँदै खेतीयोग्य सबै बाँझो जमिनको उपयोग गर्न विषेश योजना ल्याउने उनले बताए । यसैगरी, आन्तरिक उत्पादन बढाउन भूमिगत तथा सतह सिञ्चाइ विस्तार गर्ने योजना समेत बजेटमा समेटिने छ ।
किसानलाई सामुहिक सहकारी खेतीका लागि प्रोत्साहन गर्दै जग्गाको चक्लाबन्दी गरेर सामूहिक खेती प्रणालीको विकास गर्ने लक्ष्य समेत बजेटले लिने छ । कृषि उपजको बजार विस्तार गर्दै नश्ल विकास गर्ने र पशुपंछीजन्य र माछाको उत्पादन प्रबर्द्धन गर्ने लक्ष्यसमेत बजेटले लिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशबिच उपाधि भिडन्त
-
कोशी प्रदेश : कुन मन्त्रालयमा को मन्त्री ?
-
गण्डकीमा मदिरा विधेयक : रक्सी बनाउन र खान १८ वर्ष पुग्नुपर्ने
-
मोरङबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
विद्यालय शिक्षा सुधारको माग गर्दै प्रदर्शन, तस्बिरहरु
-
त्रिशूली थ्री बी हब २२० केभी सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसन उद्घाटन