बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी बजेटबाट कूल राजश्वमा आन्तरिक राजश्वको हिस्सा बढाइने

मङ्गलबार, ०३ जेठ २०७९, १७ : ३२
मङ्गलबार, ०३ जेठ २०७९

आगामी आर्थिक वर्षदेखि नेपालको कूल राजश्व संकलन लक्ष्यमा आन्तरिक राजश्वको हिस्सा बढाउने योजना आउने भएको छ । अहिलेसम्म नेपालको राजश्व प्रणाली आयातित वस्तुमा आधारित रहेको छ । यसमा आगामी आर्थिक वर्षदेखि आन्तरिक राजश्वको हिस्सा बढाउने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

अहिलेसम्म नेपालले संकलन गर्ने कूल राजश्वको अधिकांश हिस्सा विदेशबाट हुने वस्तु आयातमा आधारित हुन्छ । यसको अर्थ नेपालले विदेशबाट गर्ने वस्तुको आयातबाट उठ्न राजश्वले नै कुल संकलनको अधिकांश हिस्सा ओगट्छ ।अर्थमन्त्री शर्माले आयातलाई निरुत्साहित गर्ने लक्ष्यसहित आन्तरिक उत्पादन बढाउने बताएका हुन् । जसले कुल संकलित राजश्वमा आन्तरिक राजश्वको हिस्सा बढ्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप