शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक र प्राविधिक हिसाबले सम्भाव्य आयोजनालाई मात्रै बजेट

मङ्गलबार, ०३ जेठ २०७९, १७ : २१
मङ्गलबार, ०३ जेठ २०७९

सरकारले आगामी आर्थिक वर्षमा आर्थिक र प्राविधिक हिसाबले सम्भाव्य आयोजनालाई मात्रै बजेट विनियोजन गर्ने भएको छ । आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि संसदमा विनियोजन विधेयक पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।
‘आर्थिक तथा प्राविधिक हिसाबले सम्भाव्य देखिएका आयोजनामा मात्रै बजेट विनियोजन गरिने छ,’ उनले भने । यस्तै, अनुत्पादक क्षेत्रमा हुँदै आएको सरकारी खर्च आगामी आर्थिक वर्षको बजेटदेखि कटौती गर्ने उनले बताए ।
यसका साथै, प्राथमिकता प्राप्त क्षेत्रमा पर्याप्त साधान उपलब्ध गराउन र विनियोजित बजेटको परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्न र संस्थागत क्षमता अभिवृद्धि गर्ने गरी बजेट विनियोजन गर्ने अर्थमन्त्री शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप