बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आयात प्रतिस्थापन गर्दै निर्यात बढाउने बजेट आउँछ : अर्थमन्त्री शर्मा

मङ्गलबार, ०३ जेठ २०७९, १७ : २०
मङ्गलबार, ०३ जेठ २०७९

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट आयात प्रतिस्थापन गर्न आन्तरिक उत्पादन बढाउनेतर्फ केन्द्रीत हुने जानकारी दिएको छन् । उनले आज प्रतिनिधि संसदमा विनियोजन विधेयक पेस गर्दै आयात प्रतिस्थापन गर्नतर्फ आगामी वर्षको बजेट केन्द्रीत हुने जानकारी दिए ।

पछिल्ला वर्षहरूमा नेपालको व्यापारघाटा निरन्तर बढ्दै जाँदा र आन्तरिक उत्पादन अपेक्षाअनुसार बढ्न नसक्दा देशको अर्थतन्त्रमा चूनौति खडा भएको उनको भनाई छ । सोही कारण, आगामी आर्थिक वर्षको बजेटले आन्तरिक उत्पादनलाई बढाउँदै आयात प्रतिस्थापन गर्ने लक्ष्य लिने मन्त्री शर्माले बताए ।

‘कृषि क्षेत्रको उत्पादन वृद्धि हुन नसक्दा कृषिजन्य वस्तुको आपूर्तिका लागि समेत आयातमा भर पर्नुपर्ने स्थिती छ,’ उनले भने, ‘खेतीयोग्य जमिन बाँझो रहनु र युवाहरू विदेशिनुले अवस्था हाम्रा लागि चुनौतीपूर्ण छ ।’ त्यसले आगामी आर्थिक वर्षको बजेटमार्फत आयातलाई प्रतिस्थापन गर्नतर्फ र आन्तरिक औद्योगिक उत्पादन वृद्धि गर्नु नै मुख्य लक्ष्य हुने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप