सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरमा रेनु २७३ मतले अगाडि

मङ्गलबार, ०३ जेठ २०७९, १७ : १८
मङ्गलबार, ०३ जेठ २०७९

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २० हजार २८८ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ८७०   मत पाएकी छन् ।

नेकपा एमालेका विजय सुवेदीले ६ हजार ५९७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३५३ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ८ हजार ३५३  मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ४३४ मत प्राप्त गरेकी छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप