शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी अभिनेत्री जसको निधन कथा जस्तै भयो

मङ्गलबार, ०३ जेठ २०७९, १७ : ०३
मङ्गलबार, ०३ जेठ २०७९

मुम्बई । अभिनेत्री सहाना हालै केरलाको कोझिकोडमा मृत भेटिइन् । घरको झ्यालको रेलिङमा झुण्डिएको अवस्थामा उनी फेला परेकी थिइन् । उनका श्रीमान्लाई सोधपुछका लागि हिरासतमा राखिएको छ । राम्रो करियर बन्दै गर्दा कलिलै उमेरमा उनले निधन भएको छ । करियर राम्रो बाटोमा रहेको बेला अभिनेत्रीको निधन भएको यो पहिलो घटना होइन । यसअघि पनि कयौँ अभिनेत्री निधन भएको छ । जसको निधनको खास कारण अहिलेसम्म खुल्न सकेको छैन ।

दिव्या भारती 

९० को दशककी अभिनेत्री दिव्या भारतीको मृत्यु पनि अहिलेसम्म रहस्य नै छ । उनी हिट भएको अवस्थामा निधन भएको हो । निधनको समय उनको हातमा धेरै प्रोजेक्ट थिए । कलिलै उमेरमा उनको निधन हुन्छ भनेर कसैले सोचेका थिएनन् । १६ वर्षको उमेरमा तेलुगु फिल्मबाट अभिनय करियर सुरु दिब्याले सन् १९९२ देखि १९९३ सम्म १४ बलिउड फिल्ममा काम गरेकी छन् ।

उनको निधन अपार्टमेन्टको पाँचौं तलाबाट खसेर मृत्यु भएको हो । उनको निधन कसैले दुर्घटना, कसैले आत्महत्या र कसैले हत्या भनेका छन् । तर अहिलेसम्म दिव्याको मृत्यु गोप्य नै छ ।

जोसेफ 

९० दशककी टप मोडल नफिसा जोसेफले २६ वर्षको उमेरमा यो संसारबाट बिदा भएकी हुन् । ‘मिस इन्डिया युनिभर्स १९९७ की विजेता र ‘मिस युनिभर्स १९९७’ फाइनल नफिसा २९ जुलाई २००४ मा मुम्बईको फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । मृत्युको केही दिन अगाडि व्यापारी गौतम खान्डुजासँग हुन लागेको विवाह टुटेको थियो । त्यसपछि उनी आफ्नो व्यक्तिगत जीवन र सम्बन्धलाई लिएर चिन्तित थिइन् । गौतम अगाडि उनी नफिसाले मोडल समीर मल्होत्रा ​​र अभिनेता राहुल बोसलाई डेट गर्दथिन् । यसको अलवा उनको अभिनेता समीर सोनीसँग पनि इन्गेजमेन्ट भएको थियो । स्रोतका अनुसार असफल सम्बन्धले डिप्रेसनमा गएको कारण उनले आत्महत्या गरेकी हुन् ।

बनर्जी 

सन् २०१० मा चर्चित टिभी शो बालिका वधूमा अविका गौरको ठाउँमा भित्रिएकी प्रत्युषाले छोटो समयमै दर्शकको मन जितेकी थिइन् । त्यसपछि उनी ‘झलक दिखला जा’ र ‘बिग बोस’ शोमा देखा परिन् । २०१६ मा प्रत्युषाको मृत्युको खबर बाहिर आयो । उनले आफ्नो फ्ल्याटमा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनका फ्यानले प्रेमी राहुल राज सिंहले यस्तो कदम चाल्न उक्साएको आरोप लगाए ।

खान 

डेब्यू फिल्म ‘निशान’ बाट चर्चामा आएकी जिया खानले करियरको सुरुवाती चरणमा बिग बीसँग काम गरेकी थिइन् । जसमा जिया बोल्ड युवतीको रुपमा चर्चित भइन् । उनको फिल्म निशब्द औसत भयो । करियर राम्रै चलिरहेको समय  ३ जुन २०१३ मा जिया मृत्युको खबर बाहिर आयो । उनी आफ्नो फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । २५ वर्षमा संसार छोडेकी जियाको मृत्यको दोष उनकी आमाले प्रेमी सूरज पञ्चोलीलाई दिएकी छिन् । जियाले ६ पृष्ठको सुसाइड नोट पनि लेखेकी थिइन् । जसमा उनले आफूमाथि भइरहेको मानसिक यातनाको बारेमा उल्लेख गरेकी थिइन् ।

रन्धावा 

टिभीको सुपरहिट शो ‘हिप हिप हुर्रे’, ‘कुमकुम’, ‘कुसुम’, ‘क्यूँ होता है प्यार’ लगायतकमा चर्चित कुलजीत ३० वर्षको उमेरमा संसार छोडेकी थिइन् । कुलजीतलाई मुम्बईको आफ्नो फ्ल्याटमा झुण्डिएको अवस्थामा फेला पारिएको थियो । आत्महत्या अघि सुसाइड नोट पनि छाडेकी थिइन् । जसमा आफ्नो आत्महत्याको लागि कसैलाई दोष दिन आग्रज गरिएको थियो । उनका मृत्युमा प्रेमी भानु उदयलाई जिम्मेवार ठहराइएको थियो, तर पुष्टि हुन सकेन ।

चित्रा 

सिरियल पाण्डियन स्टोर्सबाट आफ्नो पहिचान बनाएकी चित्रा चेन्नई नजिकैको एक होटलमा बाथरूमको छतमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । चित्रा जम्मा २८ वर्षकी थिइन् । मृत्युअघि उनी सुटिङबाट फर्किएकी थिइन् । कम उमेरमा चित्राको निधनमा फ्यानहरु स्तब्ध भएका थिए ।

 

फिल्म सूर्यवंशममा बिग बी र सौन्दर्याको जोडीलाई निकै रुचाइएको थियो । सौन्दर्या साउथ फिल्मकी चर्चित अभिनेत्री थिइन् । उनको फिल्मी करियर पनि राम्रो चलिरहेको थियो । १७ अप्रिल २०१७ मा एक विमान दुर्घटनामा सौन्दर्याको मृत्यु भयो । उनी चुनावी प्रचारका लागि जाँदै थिइन् । सौन्दर्या ३२ वर्ष मात्र पुगेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप