बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनलाई हराउँदै चैनपुरमा एमालेले जित्यो मेयर–उपमेयर

मङ्गलबार, ०३ जेठ २०७९, १६ : ५३
मङ्गलबार, ०३ जेठ २०७९

संखुवासभाको चैनपुर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेका मेयरका उम्मेदवार कृष्णकुमार तामाङ ६ हजार ७५७    सहित निर्वाचित भएका हुन् । उनले नेपाली काँग्रेसका ज्ञानबहादुर कार्कीलाई ८१७ मतान्तरले पराजित गरेका छन् । 

काँग्रेसका कार्कीले ५ हजार ९४० मात्र प्राप्त गरे । चैनपुरको उपमेयरमा पनि एमालेकै एलिना श्रेष्ठ विजयी भएकी छिन् । उनले ६ हजार ३०५ ल्याउँदा माओवादी केन्द्रका लाखमान तामाङले ५ हजार ४३० पाए । तामाङ एमाले उम्मेदवार श्रेष्ठसँग ८७५ मतान्तरले पराजित भएका छन् । चैनपुरमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो । गठबन्धनलाई पराजित गरेर एमालेले मेयर उप मेयरमा जित हात पारेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप