शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी विभाजन गर्नेलाई जनताले जवाफ दिएका छन् : ज्ञवाली

मङ्गलबार, ०३ जेठ २०७९, १६ : २७
मङ्गलबार, ०३ जेठ २०७९

एमाले नेता प्रदिप ज्ञवालीले पार्टी विभाजन गर्नेहरुलाई जनताले जवाफ दिएको जिकिर गरेका छन् । पार्टीले कारबाही गरेका नेताहरुलाई संसदले र न्यायालयले न्याय नदिएपनि त्यस्ता तत्वहरूलाई जनताले जवाफ दिएको उनले बताए । 
‘सम्माननीय सभामुखले समान व्यवहार गर्नुभएन । यो बीचमा पार्टीले गरेको कारबाहीको विषयमा सर्वोच्चले पनि सुनुवाई गरेन’ ज्ञवालीले भने, ‘अन्य मुद्दामा आजको भोलि नै फैसला गर्ने सर्वोच्चले सांसद कारबाहीको मुद्दामा किन फैसला गरेन ? प्रश्न यहाँनिर छ’ उनले संसद बैठकमा बोल्दै भने, ‘यद्यपि, त्यस्ता तत्वलाई जनताले जवाफ दिएका छन् ।’ पार्टी फोरेर जाने माधवकुमार नेपाललाई जनताले कारबाही गरेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप