सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक सुरु, एमालेले गरेन संसद बैठक अवरोध

मङ्गलबार, ०३ जेठ २०७९, १६ : १६
मङ्गलबार, ०३ जेठ २०७९

प्रतिनिधिसभामा अवरोध गर्न एमालेले छोडेको छ । आजदेखि सुरु भएको प्रतिनिधिसभाको बजेट अधिवेशनमा एमाले अवरोध नगरेको हो । 

गत भदौ २३ गतेदेखि एमालेले प्रतिनिधिसभामा निरन्तर अवरोध गर्दै आएको थियो । आजको बैठकमा सभामुखसँग समय लिएर एमाले उपमहासचिव प्रदिप ज्ञवाली बोल्दैछन्  । उनलाई बोल्नका लागि १५ मिनेट समय दिइएको छ । एमालेले कारवाही गरेका १४ सांसदमाथिको कारवाहीको सूचना सभामुखले टाँस नगरेको भन्दै एमालेले संसद अवरोध गर्दै आएको थियो ।

अबदेखि सदन अवरोध नगर्ने ज्ञवालीले बताएका छन् । विरोधको स्वरूपलाई परिवर्तन गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप