सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

धनुषामा चुनाव हारजितको विषयमा विवाद हुँदा गोली प्रहार, ११ जना पक्राउ

मङ्गलबार, ०३ जेठ २०७९, १६ : ०८
मङ्गलबार, ०३ जेठ २०७९

धनुषाको नगराइन नगरपालिका–८ मा चुनाव हार जितको विषयमा विवाद हुँदा गोली चलेको छ । काँग्रेस र एमाले समर्थक दाजुभाईको बिचमा विवाद हुँदा गोली चलेको हो । 

झगडामा संलग्न ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी प्रदिप क्षेत्रीले रातोपाटीलाई बताए । क्षेत्रीले भने–‘घटनास्थलबाट २ वटा पेस्तोल बरामद गरेका छौं ।’  चुनाव हारतिजको विषमा नसिव पासवान, जामुन पासवान र श्रीनारायण पासवानको बीचमा विवाद भएको थियो । 

पक्राउ पर्नेमा ईन्द्रनारायण पासवान, अभिषेक पासवान, सोमनाथ पासवान, अजय पासवान, राजिव पासवान, धर्मेन्द्र पासवान, राजिव पासवान, प्रसादी पासवान, प्रह्लाद पासवान, विजयकुमार पासवान र राजवन पासवान छन् ।

झगडा गर्नेहरु पारिवारिक सदस्य हुन् । उनीहरुले ३ वटा पेस्तोल प्रदर्शन गरेका थिए । तर, प्रहरीले घटनास्थलबाट दुईवटा पेस्तोल बरामद गरेको छ । घटनास्थलमा फायर भएको एक राउण्ड गोलीको खोका भेटिएको डिएसपी क्षेत्रीले जानकारी दिए ।  आरोपीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप