शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किन बल्छ काठ , धातु किन बल्दैनन् ? यस्तो छ वैज्ञानिक कारण

मङ्गलबार, ०३ जेठ २०७९, १५ : ४५
मङ्गलबार, ०३ जेठ २०७९

आगो बलिरहेको देख्दा कहिल्यै मनमा यो प्रश्न उठेको छ ? किन लाग्छ काठमा आगो, धातु किन बल्दैनन् ? यो प्रश्नको जवाफ वैज्ञानिकमार्फत् जान्ने कोसिस गरौँ ।

ओरेगन युनिभर्सिटीका एक रसायन विज्ञ कार्ल ब्रोजेकले आगो बल्नका लागि तीन चिजको आवश्यकता हुने बताए । उनका अनुसार ती तीन चिज अक्सिजन, गर्मी र इन्धन । अक्सिजन ग्यास हो जुन हावामा हुन्छ । गर्मीलाई घर्षणमार्फत् बनाउन सकिन्छ जस्तै सलाई कोर्नु । इन्धन त्यो चिज हो जुन बल्छ । इन्धन साधारणतया अर्गानिक पदार्थबाट बनेको जे पनि हुनसक्छ । यहाँ अर्गानिकको सम्बन्ध ती अणुसँग छ जुन मुख्य रुपमा कार्बन–हाइड्रोजन बन्डबाट बनेका हुन्छन् । कहिलेकाँही यसमा अक्सिजन वा अन्य परमाणु जस्तै फस्फोरस वा नाइट्रोजन समावेश हुन्छन् ।

किन बल्छ काठ ?

बल्नु एक रासायनिक प्रतिक्रिया हो जुन कमजोर केमिकल बन्डका साथै एक अस्थिर सिस्टममार्फत् ऊर्जा जारी गर्छ । कार्ल ब्रोजेकका अनुसार अर्गानिक मलिक्युल जसमा कार्बन, अक्सिजन, हाइड्रोजन र केही अन्य तत्व हुन्छन्, ती बढी स्थिर हुन चाहन्छन् । काठ र कागजले निकै सजिलै आगो समात्छ किनभने यो सेल्यूलोजबाट बनेका हुन्छन् । सेल्यूलोज कार्बन, हाइड्रोजन र अक्सिजनको बीचबाट बनेको अणु हुन्छ ।

जब काठबाट बनेको कुनै वस्तुमा आगो लाग्छ तब काठले बनेको सेल्युलोज, कार्बन डाइअक्साइड र पानीको बाफमा परिवर्तन हुने गर्छ । यी दुई अणु बलियो बन्ड भएका अणु हुन्छन् । यो केमिकल रियाक्सनबाट निस्कने ऊर्जा, ग्यासको परमाणुमा पाइने इलेक्ट्रोनलाई उत्तेजित गर्छ, जसले प्रकाश देखिन्छ । यो प्रकाश हामीले झिल्कोको रुपमा देख्छौँ ।

धातुको भाँडो किन बल्दैन ?

अब यहाँ प्रश्न के छ भने आगोमा धातुका भाँडा किन बल्दैनन् । यसको जवाफ यो हो कि धातुका असाध्यै बलिया केमिकल बन्ड सजिलै तोड्न सकिँदैन । जबकी काठको एउटा टुक्रामा यस्ता बलिया बन्ड हुँदैनन् । त्यसैले यसमा झिल्कोबाट ऊर्जालाई अवशोषित गर्ने क्षमता हुँदैन । काठले ऊर्जा अवशोषित गर्नुको सट्टा आगोमार्फत् ऊर्जा छोड्ने काम गर्छ । तर भाँडाका धातुमा त्यो ऊर्जा अवशोषित गर्ने र त्यसलाई नष्ट गर्ने क्षमता हुन्छ । त्यसैकारण भाँडा छुँदा तातो हुन्छन् ।

यद्यपि, केही धातु बल्ने खालका पनि हुन्छन् । आतिशबाजी बनाउनका लागि पोटासियम र टाइटेनियमजस्ता ज्वलनशील धातुको प्रयोग गरिन्छ । आतिशबाजीमा धातु पाउडरको रुपमा हुन्छ जसले गर्मी र अक्सिजनसँग निकै तिब्र रुमा प्रतिक्रिया दिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप