बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

धादिङको गजुरी गाउँपालिकामा माओवादीले जित्यो

मङ्गलबार, ०३ जेठ २०७९, १५ : ३८
मङ्गलबार, ०३ जेठ २०७९

नेकपा माओवादी केन्द्रले धादिङको गजुरी गाउँपालिकामा विजय हासिल गरेको छ । माओवादीका गणेश लाल श्रेष्ठले ६ हजार ३०८ मतका साथ विजय हासिल गरेका छन् । सो पालिकामा एमालेका राजेन्द्र विक्रम बस्नेत ४ हजार ५१ मतका साथ पराजित भए । 

यस्तै उपाध्यक्षमा भने काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसकी शर्मिला विसुराल ५ हजार ६९९ मतका साथ विजयी भएकी हुन् । उनले एमालेकी भगवती खतिवडालाई पराजित गरेकी हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप