बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

काँग्रेसको गढ चिङ्गाडमा एमाले विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १५ : ३८
मङ्गलबार, ०३ जेठ २०७९

सुर्खेतको चिङ्गाड गाउँपालिकामा नेकपा एमालेका बोधविक्रम जिसी निर्वाचित भएका छन् । नेपाली काँग्रेसको गढ मानिएको यो पालिकामा जिसीले काँग्रेसका डोरप्रसाद शर्मालाई पराजित गरेका हुन् । 

जिसीले तीन हजार ५९१ मत ल्याउँदा उनका निकतम प्रतिद्वन्द्वी शर्माले तीन हजार ५३० मत प्राप्त गरे । माओवादी केन्द्रले पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको थिएन । उपाध्यक्षमा पनि एमाले विजयी भएको छ । काँग्रेसकी मनमाया आचार्यलाई पराजित गर्दै एमाले उम्मेदवार मिनाकुमारी रोकाय उपाध्यक्षमा निर्वाचित भइन् । विजयी रोकायले तीन हजार ५८१ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी आचार्यले तीन हजार ४६९ मत प्राप्त गरिन् । छ वडा रहेको यो पालिकामा तीन वडामा काँग्रेस र तीन वडामा एमाले विजयी भएको छ । 

अध्यक्षका विजेता जिसी २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । अघिल्लो निर्वाचनमा काँग्रेसका देवबहादुर चन्द २९४९ मत ल्याएर विजयी हुँदा एमालेका बखतबहादुर खत्री २३८५ मत ल्याएर दोस्रो भएका थिए । उक्त निर्वाचनमा जिसी माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा चुनावी मैदानमा थिए । उनले १७२१ मत प्राप्त गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप