रमेश खरेलको पार्टी पोखरिया नगरपालिका–९ मा निर्वाचित
मङ्गलबार, ०३ जेठ २०७९, १५ : ३५
पूर्व डिआइजी रमेश खरेल नेतृत्वको नेपाल सुशासन पार्टीले पर्साको पोखरिया नगरपालिकामा वडा अध्यक्ष पद जितेको छ ।
पोखरिया नगरपालिका–९ मा वडा अध्यक्षमा सुशासन पार्टीका उम्मेदवार नौसाद आलम विजयी भएका हुन् । आलमले नेपाली कांग्रेसका उम्मेदवार रामबाबु चौहानलाई पराजित गरेका छन् । आलम ८ सय ७७ मतका साथ वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामबाबु चौहानले ६ सय ७८ मत हाँसिल गरेका छन् । पोखरीयाको मेयरमा सुशासन पार्टीबाट शंकर यादव प्रतिस्पर्धामा छन् । जारी मतगणना अनुसार उनि दोश्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६१ वर्ष कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ
-
रिहा भएपछि रवि लामिछानेले भने– न्यायालयप्रति सम्मान गर्छु
-
१० बजे १० समाचार : रवि रिहादेखि रास्वपा उत्साहितसम्म
-
काउन्सिलविरुद्धको रिटमा अन्तिम सुनुवाइ हुने
-
काठमाडौँमा एक दिवसीय ‘चाइना फिल्म डे’ सम्पन्न
-
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : के-के भए निर्णय ?