सुमन तामाङ : जसले आन्तरिक चुनाव जितेर टिकट पाए, प्रमाणित गरेर देखाए

नेकपा माओवादी केन्द्रले देशभर सहमतिको आधारमा स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार तय गर्यो । तर, नुवाकोटको ककनी गाउँपालिकामा भने फरक दृश्य देखियो । सो पालिकामा पार्टीले आन्तरिक प्रतिस्पर्धा (चुनावी प्रक्रिया) बाट उम्मेदवारको टुंगो लगाएको थियो ।
आकाङ्क्षी धेरै भएपछि वैशाख पहिलो साता ककनी गाउँपालिका कमिटीले आन्तरिक चुनावमार्फत अध्यक्षको उम्मेदवार छानेको हो । जसमा गाउँपालिका कमिटीका अध्यक्ष सुमन तामाङ ३४ मतका साथ विजयी हुँदै उम्मेदवार चयन भएका थिए । यस्तै मानबहादुर लामाले १८ मत ल्याएका थिए भने अर्का दाबेदार शक्ति लामाले जम्मा १ मत ल्याएका थिए ।
यसै गरी उपाध्यक्षको उम्मेदवारमा मिठुमाया लामाको नाम टुङ्गो लागेको थियो । सल्लाहकारसहित कुल ६२ मत रहेको ककनी गाउँपालिका कमिटीमा जम्मा ५३ मत खसेको थियो । ककनी गाउँपालिकामा २०७४ को स्थानीय निर्वाचनमा माओवादीकै उम्मेदवार मानबहादुर लामा विजयी भएका थिए । अर्को कार्यकालका लागि पनि उनले आकांक्षा देखाएको भए पनि आन्तरिक चुनावमै पराजित भएपछि उनको चाहना पूरा हुन पाएन । यस्तो पृष्ठभूमिमा टिकट पाएका सुमन तामाङले आफूलाई गाउँपालिकामा अब्बल प्रमाणि गरेर देखाएका छन् । यतिमात्रै होइन उनले नुवाकोटमा जितको पहिलो खाता पनि खोलेका छन् ।
यस्तै मिठुमाया पनि सोही गाउँपालिकामा उपाध्यक्ष बनेकी छन् । स्थानीय निर्वाचनको मंगलबार सम्पन्न मतगणनाअनुसार तामाङले नेपाली काँग्रेसका नवराज घिमिरेलाई पराजित गर्दै विजय हासिल गरेका हुन् । सुमनले ४ हजार ९०९ मत पाउँदा पराजित घिमिरेले ४ हजार ९८ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा विजयी मिठुमाया ४ हजार १७४ मतका साथ विजयी भइन् । उनले काँग्रेसकी प्रमिसा तामाङलाई पराजित गरेकी हुन् । माओवादीले ककनीका ३ वडामा पनि जित हासिल गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्रको थुनछेक बहस सकियो
-
सामाजिक सञ्जालमा नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने एक जना पक्राउ
-
सहसचिवको दरबन्दीमा सीडीओ बनेका उपसचिवहरू तानिए, अझै रित्तिएन जगेडा
-
प्रमुख प्रशासकीय अधिकृतबिनै बैठक बाेलाउने तयारीमा मेयर बालेन
-
‘महाभोज’ हेरेपछि सेलिब्रेटीहरूले के भने ?
-
महोत्तरीमा घट्दै ट्राफिक कारबाही