निर्वाचनपछिको पहिलो दिन ८४ अंकले घट्यो नेप्से
आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ८४ अंकको गिरावट आएको छ । स्थानीय तहको निर्वाचन सम्पन्न भएर पहिलोपटक कारोबार खुल्दा सेयर बजारमा ८४ अंकको गिरावट आएको हो ।
आज २३ सय ४९ अंकबाट कारोबार सुरू भएको थियो । कारोबार सुरू भएदेखि नै ओरालो लागेको नेप्से परिसूचक २२ सय अंकतर्फ आएर रोकिएको हो । यससँगै, आज १ अर्ब ६४ करोड रुपैयाँ बराबरको ३५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ ।
परिसूचक ८५ अंकले घट्दा आज सबै समूहमा गिरावट आएको छ । जीवन बीमा समूहमा ५९२ अंकको गिरावट आउँदा निर्जीवन बीमा समूहमा ४८५ अंकले घटेको छ । यस्तै, विकास बैंक समूह १६३ अंकले घट्दा लघुवित्त समूहमा १४३ अंकको गिरावट आएको छ । यसैगरी, उत्पादनमूलक समूह १४२ अंकले घटेको छ । यीबाहेक अन्य सबै समूहमा गिरावट आएको छ ।
आज कारोबार भएका तीन वटा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । जसमध्ये लुम्बिनी जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले घटेको छ । यसबाहेक अन्य ६ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोट भूकम्पको क्षतिको विस्तृत आङ्कलन माघभित्र गरिसक्ने गृहमन्त्री लेखकको प्रतिबद्धता
-
धरौटी बुझाएर रिहा भए रवि लामिछाने
-
भूकम्पीय जोखिम न्यूनीकरणका लागि सुरक्षित भौतिक संरचना निर्माण गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
-
नागरिक उन्मुक्तिका सांसद चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो
-
कार्यदलको बैठकमा जसपा नेपाल र नागरिक उन्मुक्ति किन ‘एब्सेन्ट’ ?
-
मन्धाना र प्रतिकाको रेकर्ड ब्याटिङ, भारतको कीर्तिमानी जित