मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

गायन र नृत्यलगायत विधामा ‘नेपाल ट्यालेन्ट हन्ट’ हुने

मङ्गलबार, ०३ जेठ २०७९, १४ : ५६
मङ्गलबार, ०३ जेठ २०७९

नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित ‘नेपाल ट्यालेन्ट हन्ट’ सुरु हुने भएको छ । डिजिटल अडिसन मार्फत प्रारम्भिक चरणको प्रतियोगी छनौट हुने आयोजक साइना साहारा ग्रुपले जनाएको छ ।
ट्यालेन्ट हन्टका निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा भाग लिन सक्ने बताए । सोको निर्णायमा  गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन् । शोकमे निर्देशक हरि शर्मा हुन् ।

सोको विजेताले ५० लाखदेखि विभिन्न अवसर प्राप्त गर्नसक्ने आयोजकले जनाएको छ । यो बाहेक सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले फिल्म, टेलिसिरियल, म्युजिक भिडिया लगायतमा समेतअवसर प्राप्त गर्नेछन् ।
अडिसनमा सहभागीका लागि प्रतियोगीले १५ सेकेन्डदेखि तीन मिनेटसम्मको भिडियो बनाइ आयोजकको उल्लेख गरेको ठेगानामा पठाउनु पर्नेछ । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानु पर्नेछ । प्रतियोगीताको विजेता असोजमा घोषणा हुने आयोजकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप