नेपालले युगान्डालाई दियो १०२ रनको लक्ष्य
पाहुना टोली युगान्डाले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीविरुद्धको दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा जितका लागि १०२ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनायो ।
नेपालका लागि विन्दु रावलले २६ रनको योगदान गरिन् । त्यस्तै सरिता मगरले २२ रन बनाउँदा रुविना क्षेत्रीले १७ रन बनाइन् । डली भट्टले ९ बनाउँदा सीता रानामगरले ६ र इन्दु बर्माले ५ रनको योगदान गरिन् ।
बलिङतर्फ युगान्डाका लागि जेनेत बावाजीले दुई विकेट लिइन् । त्यस्तै इभनेली एनिपो र रिता मुसामानीले एक–एक विकेट लिइन् । पहिलो खेलमा १२ रनले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्ने योजनामा छ ।
आजको खेलमा सजह जित निकाल्दै नेपाल सिरिजमा १–१ को बराबरी गर्ने योजनामा छ । यता युगान्डा भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पाँच खेलको सिरिजमा युगान्डा १–० ले अघि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध
-
एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार २१ परीक्षार्थी अनुपस्थित
-
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा
-
काठमाडौँको छाउनीमा सर्जन डा.प्रतिभा धौभडेल मृत फेला
-
शिक्षा मन्त्रीले सोधिन् मन्त्रालयका २० जना कर्मचारीलाई स्पष्टीकरण