
बागबजारमा अलपत्र दुई नाबालिका अभिभावकको जिम्मामा

काठमाडौंको बागबजारमा अलपत्र अवस्थामा फेला परेका दुईजना नाबालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । जेठ २ मा बिहान काठमाण्डौं महानगरपालिका–२८ मा बागबजारस्थित सडक खण्डमा बेवारिसे अवस्थामा भेटिएका दुईजना नाबालिकालाई प्रहरीले उद्धार गरेको थियो ।
८ वर्ष र ६ वर्षीया ती बालिकाहरूलाई अभिभावकको खोजी गरेर जिम्मा लागाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । अहिले भैंसेपाटी बस्दै आएका उनीहरु रसुवाको धुन्चेस्थित माध्यमिक विद्यालयमा पढ्ने सूचनाका आधारमा रसुवा प्रहरीसँगको समन्वयमा काठमाडौं प्रहरी अभिभावकसम्म पुगेको थियो ।
खोटाङ रावावेशी गाउँपालिका–३ घर भएका ति नाबालिकाहरुका बुवा प्रेम राई रसुवाका शिक्षक हुन् । प्रहरीले नाबालिकाहरुलाई आमा सम्झना राईको जिम्मा लगाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ