बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियामा ६ जनाको मृत्यु, २ लाख ६९ हजारमा ज्वरो

मङ्गलबार, ०३ जेठ २०७९, १४ : ४३
मङ्गलबार, ०३ जेठ २०७९

उत्तर कोरियाले कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ । राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले थप २ लाख ६९ हजार ५१० जनामा ज्वरोको लक्षण देखिएको जनाएको छ ।

उनीहरू सबैलाई कोभिड भएको अनुमान गरिएको छ । हालसम्म १४ लाख ८३ हजारमा यस्तो लक्षण देखिएको छ । सोमबार साँझसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५६ थियो । सेनाको मेडिकल समूहलाई राजधानी प्योङयाङमा औषधिको आपूर्ति सुधार गर्न पठाइएको जनाइएको छ ।

हाल प्योङयाङ महामारीको मुख्य केन्द्र बनेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड नियन्त्रणका लागि तत्काल कदम चाल्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् । समूहको उदेश्य राजधानी प्योङयाङमा व्याप्त जनस्वास्थ्य संकटलाई कम गर्ने रहेको बताएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप