कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक : एमालेले ९ पालिका गुमायो
मंगलबार दिउँसो एक बजेसम्म कर्णालीका ३८ पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी २७ पालिका जितेको नेकपा एमालेले अहिलेसम्म पाँचवटा पालिकाहरुमा मात्र जित हाँसिल गरेको छ । सबैभन्दा बढी जसमा काँग्रेसले १८, नेकपा माओवादी केन्द्रले १०, नेकपा एकीकृत समाजवादीले ३ र दुई वटामा स्वतन्त्र उम्मेदवारहरूले जितेका छन् ।
नेकपा एमालेले पालिकाहरु जित्नेभन्दा बढी गुमाउँदै गएको छ । अहिलेसम्म दैलेखको गुराँस, डुङ्गेश्वर गाउँपालिका, नारायण नगरपालिका, जुनीचाँदे गाउँपालिका जाजरकोट र डोल्पाको शे–फोक्शुण्डो गाउँपालिकामा जितेको छ ।
कर्णालीमा एमालेले गुमाएका पालिकाहरु
— ठाटीकाँध गाउँपालिका दैलख : यहाँ काँग्रेसका रक्षबहादुर शाहीले जितेका छन्
—चामुण्डाबिन्द्रासैनी नगरपालिका, दैलेख : काँग्रेसका गणेशबहादुर शाहीले जितेका छन् ।
— भैरवी गाउँपालिका, दैलेख : काँग्रेसकी रिता कुमारी शाहीले जितेकी छन् ।
—भगवतीमाई गाउँपालिका, दैलेख : माओवादीका गणेश थापाले जितेका छन् ।
— बनगाड कुपिण्डे नगरपालिका, सल्यान : माओवादीका कर्णबहादुर बुढाथोकीले जितेका छन् ।
— ठुलोभेरी नगरपालिका, डोल्पा : यहाँ नेपाली काँग्रेसका स्वर्ण बुढाले जितेका छन् ।
— खाँडाचक्र नगरपालिका, कालिकोट : यहाँ स्वतन्त्र उम्मेदवारले जितेका छन्
— कपुरकोट गाउँपालिका, सल्यान : यहाँ एकीकृत समाजवादीले जितेको छ
— शिवालय गाउँपालिका जाजरकोट : यहाँ नेपाली काँग्रेसका शेरबहादुर शाहीले जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री