आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

भरतपुर महानगरमा रेनुले अग्रता बढाउँदै

मङ्गलबार, ०३ जेठ २०७९, १४ : २१
मङ्गलबार, ०३ जेठ २०७९

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । १९ हजार १८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ४३९   मत पाएकी छन् ।

नेकपा एमालेका विजय सुवेदीले ६ हजार २७२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १४९ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ८४९ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार १५२ मत प्राप्त गरेकी छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप