आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

संसद बैठक : अवरोधको नीतिबारे छलफलमा एमाले

मङ्गलबार, ०३ जेठ २०७९, १४ : ०६
मङ्गलबार, ०३ जेठ २०७९

आजदेखि सुरु हुने प्रतिनिधि सभाको बैठकमा कस्तो भूमिका निर्वाह गर्ने भन्ने बारेमा एमालेले छलफल थालेको छ । दिउँसो ४ बजे सुरु हुने बजेट अधिवेशन पहिले झै अवरोध गर्ने वा अन्य विकल्पमा जाने भन्नेबारेमा निर्णय गरिसकेको छैन ।

अगामी संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा पार्टीमा छलफल भइरहेको र त्यसबारे निर्णय भइनसकेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले रातोपाटीलाई जानकारी दिए । आज दिउँसो साढे २ बजेदेखि बोलाइएको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सहभागी नहुने एमाले सचेतक शान्ता चौधरीले जानकारी दिइन् । 

एमालेले आफ्नो दलले कारवाही गरेका १४ सांसदको सूचना सभामुखले टाँस नगरेको भन्दै संसद बैठक अवरुद्ध गर्दै आएको थियो । साथै यसबारेमा एमालेले सर्वोच्चमा दायर गरेको मुद्धा पनि विचाराधीन अवस्थामा रहेको छ । प्रतिनिधि सभाको नवौं अधिवेशन, दशौँ अधिवेशनका सम्पूर्ण बैठकहरू एमालेले अवरोध गरेको थियो । एमालेले संसद खुलाउने हो भने सभामुखले राजीनामा दिनुपर्ने माग अघि सार्दै आएको थियो ।

गत चैत १ गतेदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य भएको थियो भने आजदेखि बजेट अधिवेशन सुरु हुन लागेको हो । हरेक वर्ष जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसअघि संसदमा प्रिबजेट छलफल हुने गरेको भएपनि यसवर्ष स्थानीय तह निर्वाचन भएकोले संसद बैठक ढिलो गरी आह्वान भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप