शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

सल्यानको बनगाड कुपिण्डेमा माओवादी केन्द्र विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १३ : ५४
मङ्गलबार, ०३ जेठ २०७९

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमाले पराजित भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका निवर्तमान अध्यक्ष गोविन्द कुमार पुनलाई नेकपा माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकीले पराजित गरेका हुन् ।

सल्यानमा दुई ठूला नेता एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र एमालेका गुलाबजङ शाहको गृह पालिका समेत हो । यहाँ एकीकृत समाजवादी, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो । गठबन्धनका तर्फबाट माओवादीका कर्णबहादुर बुढाथोकीले ७  हजार ४ सय ६६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका गोविन्द कुमार पुनले ४ हजार ७ सय २० मत पाए ।

०७४ म पुनसँगै पराजित बनेका बुढाथोकीले यो पटक पुनलाई झण्डै २ हजार ७४६ मतान्तरले पराजित गरे ।  यस्तै उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएका छन् । उपप्रमुखमा काँग्रेसका  पुरुषोत्तम आचार्यले ५ हजार ७ सय ३५ ल्याएर विजयी भएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप