बलिउड डेब्यु गर्दै सुपरहिट फिल्म ‘पुष्पा’ का भिलेन सुनिल
साउथ स्टार अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राइज’ का मुख्य भिलेन सुनिल बलिउड डेब्यु गर्ने भएका छन् । धेरै फिल्ममा कमेडियनको भूमिका निर्वाह गरेका उनी ‘पुष्पा’ मा भने रक्त चन्दन तस्कर ‘मंगलम श्रीनु’ को भूमिकामा देखिएका थिए । सुनिलले अहिले बलिउडका दुईवटा अफर साइन गरेका छन् ।
‘पुष्पा’ को सफलतापछि उनलाई बलिउडका धेरै अफर आए पनि तीमध्ये दुई मात्र साइन गरेका हुन् । हालै एक मिडियासँगको अन्तर्वार्तामा सुनिलले आफूलाई तमिल र कन्नड फिल्मका समेत अफर आइरहेको बताएका छन् । ‘पुष्पा’ बाट सुनिल संसारभर चर्चा छाउका छन् । फिल्ममा रहेको उनको भूमिका दर्शकले रुचाएका छन् । सुनिल पहिलो पटक एसएस राजामौलीको ‘मर्यादा रमन्ना’ मा नकारात्मक भूमिकामा देखिएका थिए ।
धेरै फिल्ममा सानोतिनो भूमिका निर्वाह गरेका उनको ‘मर्यादा रमन्ना’ २०१० मा रिलिज भएको थियो । उनले धेरै फिल्ममा पनि महत्वपुर्ण भूमिका निर्वाह गरेका छन् । सुनिलले खलनायकको रुपमा अभिनय गरेको सबै फिल्म सुपरहिट भएको छ । जसमा ‘कलर फोटो’, ‘डिस्को राजा’ र ‘पुष्पा’को नाम आउँछ । ‘पुष्पा’ को दोस्रो भाग ‘पुष्पाः द रुल’ मा सुनिलको चरित्र अझ राम्रो र ठूलो हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी
-
बाटो छेकेर महिलामाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
-
विवाह गर्दै अभिनेत्री मञ्जिता
-
कोरला क्षेत्रमा नेपाल र चिनियाँ प्रहरीको संयुक्त गस्ती (तस्बिरहरु)