सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

बाराका २ गाउँपालिकामा जसपा र एमाले विजयी

मङ्गलबार, ०३ जेठ २०७९, १३ : ३१
मङ्गलबार, ०३ जेठ २०७९

बाराको करैयामाई र परवानीपुर गाँउपालिकाको मतपरिणाम टुंगो लागेको छ । करैयामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का शम्भुप्रसाद यादव  र उपाध्यक्षमा सोही पार्टीका सुनैना चौधरी निर्वाचित भएकी छन् । निर्वाचित शम्भुप्रसाद यादवले निकटतम प्रतिष्पर्धी भुवनेश्वर चौधरीलाई २ हजार १९८ मतले पराजित गरेका हुन् । यादवले ५ हजार ५८९ र चौधरीले ३ हजार ४०० मत प्राप्त गरेका छन्।

चौधरी निवर्तमान गाँउपालिका प्रमुख समेत हुन् । यसैगरी उपाध्यक्षमा जसपाकी सुनैना चौधरीले काँग्रेसकी चित्ररेखा चौधरीलाई २ हजार २६७ मतले पराजित गरेकी छन् । सुनैनाले ५ हजार ४३९ मत प्राप्त गर्दा चित्ररेखाले ३ हजार १७२ मत ल्याएकी थिइन् । 

त्यसैगरी परवानीपुर गाँउपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा राम क्षेत्री पटेलले लोसपाका उम्मेदवार जगतनारायण महतोलाई ४७४ मतले पराजित गरेका हुन् । पटेलले २ हजार ९१७ मत ल्याउँदा प्रतिस्पर्धी महतोले २ हजार ४४३ मत ल्याएका छन् ।

उपाध्यक्षमा सुगन्धीदेवी कनुइनले ३ हजार २३२ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी लोसपाकी सावित्री देवीले २ हजार ३८७ मत ल्याएकी थिइन् । बाराको १६ वटा पालिका मध्ये करैयामाई र परवानीपुर गाउँपालिकाको मतपरिणाम टुंगो लागेको हो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप