‘के घर के डेरा’ को छायांकन सुरु
दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्म ‘के घर के डेरा’ को छायांकन सुरु भएको छ । सोमबारदेखि काठमाडौंको नयाँ बजारबाट फिल्मको छायांकन सुरु गरिएको निर्देशक खनालले जानकारी दिए । फिल्मको पुरै छायांकन काठमाडौं उपत्यकामै हुनेछ ।
दयाहाङ राई, बिपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, अशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतको अभिनय फिल्ममा रहनेछ । फिल्मको छायांकन दिन भने अहिले निर्धारण गरिएको छैन । फिल्म राम्रो गर्न केही दिन बढी लाग्ने पनि लागोस् भनेर फिल्मको छायांकन दिन नतोकिएको निर्देशक खनालको भनाई रहेको छ ।
ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् । सिंगे लामाको कथा र महेश दवाडीको पटकथा रहेको फिल्मले काठमाडौंमा घर हुने र नहुनेबीचको असमानताको विषयमा कथा बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने
-
चार जना प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की