मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

‘के घर के डेरा’ को छायांकन सुरु

मङ्गलबार, ०३ जेठ २०७९, १३ : ००
मङ्गलबार, ०३ जेठ २०७९

दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्म ‘के घर के डेरा’ को छायांकन सुरु भएको छ । सोमबारदेखि काठमाडौंको नयाँ बजारबाट फिल्मको छायांकन सुरु गरिएको निर्देशक खनालले जानकारी दिए । फिल्मको पुरै छायांकन काठमाडौं उपत्यकामै हुनेछ ।

दयाहाङ राई, बिपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, अशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतको अभिनय फिल्ममा रहनेछ ।  फिल्मको छायांकन दिन भने अहिले निर्धारण गरिएको छैन । फिल्म राम्रो गर्न केही दिन बढी लाग्ने पनि लागोस् भनेर फिल्मको छायांकन दिन नतोकिएको निर्देशक खनालको भनाई रहेको छ ।

ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् । सिंगे लामाको कथा र महेश दवाडीको पटकथा रहेको फिल्मले काठमाडौंमा घर हुने र नहुनेबीचको असमानताको विषयमा कथा बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप