बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

युगान्डाविरुद्ध ब्याटिङ गर्दै नेपाल

मङ्गलबार, ०३ जेठ २०७९, १२ : ५५
मङ्गलबार, ०३ जेठ २०७९

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा युगान्डाले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालले केही बेरमा युगान्डाविरुद्ध ब्याटिङ थाल्नेछ ।

आजको खेलमा नेपालले टिममा तीन परिवर्तन गरेको छ । विकेटकिपर ज्योति पाण्डे, अस्मिना कर्माचार्य र रोमा थापालाई बेन्चमा राखेको छ । सीता रानामगर, काजोल श्रेष्ठ र सरिता मगरलाई मैदान उतारेको छ । पहिलो खेलमा १२ रनले पराजित भएको नेपाल त्रिवि क्रिकेट मैदानमा आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।

आजको खेलमा सजह जित निकाल्दै नेपाल सिरिजमा १–१ को बराबरी गर्ने योजनामा छ । पहिलो खेलमा हारको बदला लिने नेपाललाई मौका छ । यता युगान्डा भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पाँच खेलको सिरिजमा युगान्डा १–० ले अघि रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप