शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफगानिस्तानमा मानव अधिकार आयोगसहित पाँच निकाय विघटन

मङ्गलबार, ०३ जेठ २०७९, १२ : ४८
मङ्गलबार, ०३ जेठ २०७९

१० महिनाअघि अफगान सत्तामा पुगेको तालिबानले  अफगानिस्तानको प्रशासनिक प्रणालीमा धेरै परिवर्तन गरेको छ  । उनीहरूले पूर्वसरकारले स्थापना गरेका पाँच विभागहरू पूर्णरूपमा विघटन गरेका हुन् ।

तालिबानले विघटन गरेका निकायहरूमध्ये मानव अधिकार आयोग पनि एक हो । सो निकायलाई अमेरिका समर्थित सरकारले समर्थन गरेको थियो । बजेट अभावको कारण देखाउँदै ति निकाय विघटन गरिएको तालिबानले जनाएको छ ।  देशले ५० करोड १० लाख डलरको बजेट घाटा बेहोर्नु परेको तालिबानको भनाइ छ ।

‘यी विभागहरूलाई आवश्यक नठानिएको र बजेटमा समावेश नगरिएको हुनाले तिनीहरूलाई विघटन गरिएको छ’, तालिबान सरकारका उप–प्रवक्ता इन्नामुल्लाह सामगानीले रोयटर्सलाई भने । विघटन हुने अर्को प्रमुख विभागमा अफगानिस्तानको संविधान कार्यान्वयनको निरीक्षण आयोग  पनि छन् । १५ अगस्टमा सत्ता  कब्जा गरेपछि तालिबानले शासनमा नरम दृष्टिकोण अपनाउने संकेत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप