दाङमा अवैध लागूऔषधसहित चार जना पक्राउ
दाङको तुलसीपुर उपमहानगरपालिका–१२ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ बस्ने २३ वर्षीय रबिन नेपालीसहित ४ जना रहेका छन् । उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
रा.५ प ८८६५ नम्बरको मोटरसाइकलमा सवार नेपालीसहित ३ जनालाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा करिब ४ सय ४० मिलिग्राम उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धान गर्दा उनीहरुले उक्त पदार्थ सोही उपमहानगरपालिका–६ बस्ने ३४ वर्षीय अम्मर बाल्मिकीसँग खरीद गरी ल्याएको खुलेको थियो ।
त्यसपछि बाल्मिकीको कोठामा जाँच गर्दा १ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, सेवन गर्न प्रयोग गरेको प्लेट १ थान र ब्लेड टुक्रा २ थानसहित फेला पारी बाल्मिकीलाई समेत प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?