टर्कीका राष्ट्रपतिले नेटोमा समावेश हुने विषयमा फिनल्याण्ड र स्विडेनलाई किन दिए चेतावनी ?

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले आफ्नो देश फिनल्यान्ड र स्विडेन नेटोमा सामेल हुने विपक्षमा रहेको एक पटक पुनः बताएका छन् ।
एर्दोआनले टर्कीलाई मनाउन यी दुई स्क्यान्डिनेभियाली देशहरूले आफ्ना प्रतिनिधि पठाउन आवश्यक नरहेको स्पष्ट पारेका छन् । टर्की नेटोको एक महत्वपूर्ण सदस्य राष्ट्र हो ।
यसअघि स्विडेनले युरोप निकै खतरनाक वास्तविकताको बीचमा रहेको बताएको थियो । फिनल्याण्डले युक्रेनमा रुसको आक्रमणलाई संकेत गरिरहेको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ३० सदस्यीय सैन्य गठबन्धनमा सामेल हुने फिनल्याण्ड र स्विडेनबाट रुसलाई कुनै प्रत्यक्ष खतरा नरहेको तर सैन्य पूर्वाधारमा कुनै पनि विस्तार भएमा रुसले जवाफ दिने कुरामा जोड दिए ।
एर्दोआनले सोमबार एक पत्रकार सम्मेलनमा टर्कीले फिनल्याण्ड र स्विडेनलाई नेटोमा सामेल हुने विषयलाई विरोध गर्ने गरेको बताए । उनले स्विडेनलाई चरमपन्थी समूहहरूको ‘जन्मस्थान’ भनेर व्याख्या गरे ।
उनले भने, ‘आतंकवादी समूहहरूका सम्बन्धमा यी दुई देशको अडान स्पष्ट छैन । हामीले उनीहरूलाई कसरी विश्वास गर्ने ?’
नेटो सदस्य टर्कीले केही दशकदेखि टर्की सरकारविरुद्ध सशस्त्र संघर्ष गरिरहेको कुर्दिस्तान वर्किंग पार्टी (पीकेके) लाई दुई देशले समर्थन गरिरहेको आरोप लगाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
त्यो एक साँझ, जसले नेहालाई बनायो सेलिब्रेटी
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी