शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर २ जनाको मृत्यु

मङ्गलबार, ०३ जेठ २०७९, १२ : ३०
मङ्गलबार, ०३ जेठ २०७९

काभ्रे र झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । काभ्रेको रोशी गाउँपालिका–९ पलान्चे बस्ने १६ वर्षीया साजनी लुङ्गेलीको चट्याङ लागेर सोमबार मृत्यु भएको हाे । 

बारीबाट घर फर्कने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि भकुण्डे स्थानीय मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  झापाको हल्दिबारी गाउँपालिका–२ राईटोल बस्ने २६ वर्षीय भेना हस्दाको चट्याङ लागेर सोमबार मृत्यु भएको छ । 

शौचालय गई घर फर्कने क्रममा अविरल वर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप