विराटनगरमा गठबन्धनको फराकिलो अग्रता कायमै
मङ्गलबार, ०३ जेठ २०७९, १२ : १९
विराटनगर महानगरपालिकामा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका नागेश कोइरालाले फराकिलो मतान्तर बनाइरहेका छन् । पछिल्लो मत परिणामअनुसार २८०८९ मतगणना हुँदा कोइरालाले हालसम्ममा ९ हजार मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सागर थापाले ६ हजार ६६७ मत ल्याएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवार उमेश यादवले २ हजार ८२५ मत ल्याएका छन् भने प्रल्हाद साहले १८८८ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा भने एमालेकी शिल्पा निराला कार्कीले ७ हजार ६४६ मत ल्याउँदा गठबन्धनबाट जसपाका अमरेन्द्र यादवले ४ हजार ८४४ मत पाएका छन् । राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले २ हजार ३०२ मत पाएकी छिन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने १ हजार ६६६९ मत प्राप्त गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?