ललितपुर महानगरपालिकामा १४०२० मत गणना सकियो, ४३५३ मतले एमालेका उम्मेदवार पछाडि
मङ्गलबार, ०३ जेठ २०७९, १२ : १६
![ललितपुर महानगरपालिकामा १४०२० मत गणना सकियो, ४३५३ मतले एमालेका उम्मेदवार पछाडि](https://rpcdn.ratopati.com/media/albums/chiribabu-harkrishna_ZtO639Cu8g.jpg)
ललितपुर महानगरपालिकाको १४०२० मत गणना सम्पन्न भएको छ । मंगलबार मध्याह्न १२ बजेको अध्यावधिक विवरणअनुसार मेयर पदमा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकार ४३५३ मतले पछि परेका छन् । उनले जम्मा ३४३३ मत पाएका छन् ।
यस्तै अग्रस्थानमा रहेका गठबन्धनको समर्थन उम्मेदवार बनेका काँग्रेसका चिरिबाबु महर्जनले ७७८६ मत पाएका छन् ।