मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गिरिराजमणि पोखरेलको वडामा एमाले विजयी

मङ्गलबार, ०३ जेठ २०७९, ११ : ५८
मङ्गलबार, ०३ जेठ २०७९

नेकपा माओवादीका शिर्ष नेता गिरिराजमणि पोखरेलको वडाबाट नै माओवादी केन्द्रले हार बेहोरेको छ । माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गणेश बस्नेतलाई नेकपा एमालेका उम्मेदवार विराट विष्टले पराजित गरेका हुन् ।

 पूर्वशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेका पोखरेलको वडामै माओवादी पराजित हुन पुगेको हो । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रले जितेको उक्त वडामा झिनो मतले नेकपा एमाले पराजित भएको थियो । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार गणेश बस्नेतलाई १२२ मतले उछिन्दै विष्ट विजयी भएका हुन् । विष्टले एक हजार ५१५ मत पाउँदा बस्नेतले एक हजार ३९३ मत प्राप्त गरेको छ ।

बर्दिबास(३ नेकपा एमालेले विजयी भएसँगै माओवादी केन्द्रले अहिलेसम्मको मतपरिणाममा अघिल्लो निर्वाचनमा जितेका तीन वटा  गुमाएको छ भने नेपाली कांग्रेसले दुई वडा गुमाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप